किस्पाङ गाउपालिकालाई सुबिधा सम्पन्न “ख” श्रेणी को एम्बुलेन्स

ताजा समाचार वागमती स्वास्थ्य

नुवाकोट /
जिल्लाको किस्पाङ गाउँपालिकालाई सुबिधा सम्पन्न “ख” श्रेणी को एम्बुलेन्स प्राप्त भएको छ। बिगत दुई बर्स अगाडी देखि प्रक्रियामा रहेको नेपाल विद्युत प्राधिकरण ,रसुवा नुवाकोट बितरण प्रणाली पुनर्निर्माण तथा सुधार आयोजना र दाता जर्मन स्थित Kfw Development Bank मार्फत किस्पाङ गाउपालिकालाई सुबिधा सम्पन्न “ख” श्रेणीको एम्बुलेन्स प्राप्त भएको हो।

२०७६ साल माघ १९ गते भएको सम्झौता अनुरुप “जर्मन सरकारले भुकम्पपछिको पुननिर्माण कार्यको लागि प्रदान गरेको सहयोग अन्तर्गत जर्मन विकास बैंक ( KFW ) मार्फत परिचालित हुने सहयोगको प्रोजेक्ट नं KFW BMZ No. 2015 68 112 को प्रोजेक्ट Reconstruction and Improvement of Electricity in Earthquake Affected Districts of Rasuwa and Nuwakot को Social Development Component को सामाजिक विकास कार्यक्रम अन्तर्गत उपलब्ध गराउन लागिएको एक थान एम्बुलेन्स सम्बन्धि नेपाल विद्युत प्राधिकरण, रसुवा नुवाकोट विद्युत पुननिर्माण तथा सुधार आयोजना , खरिपाटी भक्तपुर ( यसपछि नेपाल विद्युत प्राधिकरण भनिने र किस्पाङ्ग गाउँपालिका, प्रदेश नं ३ , नुवाकोट ( यसपछि किस्पाङ्ग गाउँपालिका भनिने बीच सम्झौता भएको पत्रमा उल्लेख छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *