अबदेखि नुवाकोटमा राष्ट्रिय परिचयपत्र भर्दा १ सय भन्दा बढी शुल्क लिन नपाइने

समाचार

नुवाकोट /
जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचयपत्र फाराम भरेको सेवा शुल्क रकम तोकेको छ ।

शुक्रबार कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीले आफै नभरी साईबर तथा लेखापढी व्यवसायीबाट भर्ने गरेको र सोबापत् सेवा शुल्क एकरुपता नभएको भन्ने गुनासोपछि सरोकारवालाको उपस्थितिमा बढीमा रु.१०० मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

फाराम भरिएबापत् त्यस्ता व्यवसायीले सेवाग्राहीलाई अनिवार्य रसिद वा बिल दिनुपर्ने उनले बताए ।तोकिएको भन्दा बढी शुल्क लिईएको पाईएमा आवश्यक कारवाही गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *