नुवाकोट /
धादिङको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा धादिङ कल्लेरीका सुनिल ठकुरीको मृत्यु रहेको प्रहरीले जनाएक्क छ।

काठमाडौंबाट त्रिशुली आउँदै गरेको बा. ४ ख. ९२९६ नम्बरको बसले नुवाकोटबाट गल्छी जाँदै गरेको बा. ५६ प. २४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक कल्लेरीका १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका ठकुरीको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय