नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा गुरु पुर्णिमाको दिन गुरु रोम्बोर्छेको मुर्ती निर्माणका लागि समिति गठन गरिएको छ। आज गुरु पुर्णिमाको दिन वडा अध्यक्ष कमल बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले मुर्ति निर्माणका लागि लाक्पा तामाङको अध्यक्षता समिती गठन गरेको हो।

कुङकर गङको १०८ लुम्तार फेर्ने र मेर्गङ गङमा सङ शेर्केम अनि गुरु रेम्बोरो छे तथा पध्मसंभबको मुर्ति निर्माणका लागि समिती गठन गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख लामा खेम्बो फुर्वा तामाङ लगायतका अन्य लामा ज्युहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो।
