छात्रामाथी यौन दुर्ववहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

विद्यार्थी समाचार

मकवानपुर/
जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई दुव्र्यवहार गरेको वडा अध्यक्ष घलानलाई आरोप छ ।

प्रतियोगितामा सहभागि हुन आएकी ती छात्रालाई वडाअध्यक्ष घलानले असार १८ गते राति हेटौंडा–१० स्थित होटलमा यौन दुव्र्यवहार गरेको आरोपमा छ ।

घटनापछि पीडित छात्रा र उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए। पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *