काठमाडौ /
चालु आवको ११ महिनामा रु एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ।करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो ।
यस्तै ११ महिनामा ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ ।दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ ।


यस्तैगरी आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ।चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् ।
यस्तै क्रिम पाउडरको आयातमा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ।
यस्तैगरि २४ हजार ४१८ लिटर नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ।एघार महिनामा नेपालीले रु ५ करोड ९ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् ।
यस अवधीमा बडी लोसन रु ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी आयात भएको छ।एघार महिनामा रु ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ ।
