आमाकाे पिर उठाउन सकेको छैन यहाँ ।
मर्दाे शरीर उठाउन सकेकाे छैन यहाँ ।।
म मान्छे भएर पनि हो मान्छे वन्न सकिन
लड्दाे तक्दिर उठाउन सकेको छैन यहाँ ।


तिमी उठाउन खाेज्छौ वास नै कुरा काटेर
त्यो वग्दाे भिर उठाउन सकेको छैन यहाँ।
गर्नेले ठुलाे महल वनाउने कुरा गर्छन्
आफुले शिर उठाउन सकेको छैन यहाँ ।
दिनेले त यसरी चाेट दिएर गएको छ
लागेको तिर उठाउन सकेको छैन यहाँ ।
भगवती खनाल (सुनाखरी)
नुवाकोट
