काठमाडौ /
भन्सार विभागको पछिल्लो विवरण अनुसार दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ। विभागको विवरण अनुसार चालु आवको ११ महिनामा मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको हो।
त्यसका लागि मात्रै रु दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ। सामान्य उद्योग स्थापना गर्न सकिए मात्रै पनि टुथपिकका लागि रकम विदेशिने थिएन कि ?


