बनेपामा स्वास्थ्यकर्मी बोकेको बस दुर्घटना: १ जनाको मृत्यु ३८ जना घाइते

समाचार

काभ्रे/
जिल्लाको बनेपा –११ मा बस दुर्घटना भएको छ ।बाल अपांग अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले बताए ।

मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् ।अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ ।दुर्घटनामा   ३८ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ ।भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *