नुवाकोट /
नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसिले निगमको अतिरिक्त नाफा उपभोक्ता माथीको गम्भीर शोषण भएको बताएका छन। उनले सामाजिक संजाल फेसबुक र ट्विटर मार्फत यस्तो बताएका हुन।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्; “नेपाल आयल निगमले पटक पटक इन्धनको मूल्य बढाउँने गर्दछ। हरेक पटक यसको कारणमा अन्तर्राष्ट्रिय बजारमा भईरहेको मूल्यबृद्धि देखाइन्छ। तर निगम भित्रको भ्रष्टाचार, चोरी, चुहावट, अपब्यय, ओभरस्टाफ बोझ, लापरबाही वा हेल्चेक्राईं जस्ता विकृति र विडम्बना मूल्यबृद्धिको कारण देखाउने गरिन्न र यसलाई दृडता पूर्वक नियमन गर्ने तिर पनि ध्यान गएको पनि देखिन्न।


थपेका छन्; “इन्धनको निरन्तर मुल्य बृद्धि ले नागरिक जीवन अस्तव्यस्त छ,दैनिक उपभोग्य हरेक समान को मूल्य आकासिएको छ।
इन्धनको बजारमा वर्षेनी हुनेगरेको मूल्य वृद्धि सँगै जोडिने अर्बौंको खेल वा भ्रष्टाचार ?सार्वजनिक भईरहेको छैन। हरेक पटकको मूल्यबृद्धि रातको बाह्र बजेदेखि लागु हुन्छ। तर अघिल्लो दिन साविकको दरमा किनेको इन्धन भोलीपल्ट उही स्टकलाई बढेको मूल्यमा बेच्दा जुन ठूलोअंकमा अतिरिक्त मुनाफा हुन्छ, त्यो मूल्य कहा जान्छ ?
सरकार, निगम, पेट्रोल पम्प , बिचौलिया वा भ्रष्टाचार ?यो पूणत: अवैध हुन्छ/ हुनुपर्छ ।वर्षभरि यही रीतले उपभोक्तालाई शोषण गरिरहँदा उपभोक्ताको अर्बौ नोक्सानी हुने त छँदैछ, तर आयल निगम पनि फस्टाउन नसकेर संकटग्रस्त भएको चित्र देखाइन्छ।
उपभोक्ताको यो साझा र निरन्तरको समस्या हो। यस्तो प्रवृत्तिलाई कठोर नियन्त्र र नियमन गर्ने तिर सरकारको गम्भीर ध्यान जाओस ।मुल्य बृद्धिवाट आहत जनताका समस्याको विकल्प र राहत बारे सोच्नु कल्याणकारी राज्यको कर्तव्य हो।यस वाट सरकार च्युत नहोस ।

