डेउडी, नुवाकोट।

नुवाकोटका पुराना नेता तथा समाजसेवी धनराज खड्काको निधन भएको छ ।

तत्कालीन कल्याणपुर गाउँ पन्चायतका प्रधानपञ्च, साविक कल्याणपुर गाउँ बिकास समितिका (२०४९-२०५४)का अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका पुर्व अध्यक्ष खड्काको ८३ बर्षको उमेरमा काठमाडौं स्थित घरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएका छन् ।

खड्काको पार्थिव शरीरलाई असार ४ गते शनिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकोपारिवारका सदस्यले जानकारी दिए।

केही समय देखि बिरामी रहेका खड्का घरमै उपचारत रहेका थिए ।

अजिङ्गरे मा.वि. व्यवस्थापन समितिका पूर्व अध्यक्ष, विदुर-१३ स्थित पञ्चकन्या इङ्लिस स्कुलको सञ्चालक समितिका संस्थापक अध्यक्ष समेत रहेका खड्का साबिक कल्याणपुर गाबिसको राजनीतिक तथा सामाजिक अभिभावकको रुपमा परिचीत थिए । उनले कल्याणपुरको विकासमा यथाशक्य सकारात्मक पहल गरेको स्थानीयहरुको बुझाइ रहेको छ ।

पछिल्लो समय राजनीतिबाट टाढा रही सामाजिक कार्यमा सक्रिय खड्काको धर्मपत्नी, ४ छोरा र १ छोरी रहेका छन् ।

उनको निधनमा विभिन्न सामाजिक व्यक्तित्व तथा नेताहरुले दु:ख व्यक्त गर्दै स्व. खड्काको आत्माको चिर शान्तिको कामना, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x