• असोज २८, २०८३ बुधबार
    14 Oct, 2026, Wednesday

    १ सय ८५ यात्रु सवार विमानमा आगलागी: बिहारको पटनामा आपतकालीन अवतरण


    २०७९ असार ५, आइतबार

    २०७९ असार ५, आइतबार

    काठमाडौ /
    भारतकाे बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । १८५ यात्रु सवार उक्त बिमानमा आगलागी भएपछि आपतकालीन अवतरण गराइएको हो।

    अधिकारीका अनुसार  विमान स्पाइस जेटको उक्त विमान उडान भरिरहेका बेला इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

    पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्रु सुरक्षित छन् ।उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।

    मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ।

    मिल्दो जुल्दो खबर