नुवाकोट /
जिल्लामा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् ।शनिवार बिहान लगभग १० बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ७ घण्टादेखि तारमा हिँडिरहेका छन् ।

उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् ।विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

बिहान १० बजेतिर तारमा पुगेर हिँड्न थालेका उनलाई मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिन मानेका छैनन् भने उनको उद्वारमा सकश भएको छ।

यस्तै गरि ६० मेघावाटको त्रिशुली थ्री ए को उत्पादन ठप्प हुँदा प्राधिकरणलाई ६० लाख घाटा भएको बताइएको छ।

मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए ।विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय