काठमाडौ /
साहित्यकार श्री भवानीको संयोजनमा भक्तविर विश्वकर्मा बचाउ अभियान अन्तर्गत रकमहरु उठ्ने क्रम जारी रहेको छ यसैक्रममा अस्ट्रेलियाबाट मात्रै १ लाख २५ हजार संकलन भएको हो।
अस्ट्रेलियाबाट आयुषा कट्टेलको नेतृत्वमा १ लाख २५ हजार संकलन भएको छ ।जस मध्य ब्रिसबेन नेपलिज फुटबल क्लब अस्ट्रेलियाले ५५० डलर सहयोग गरेको छ भने उक्त संकलित रकम विरामीको खातामा ट्रान्सफर गरिएको अभियानका संयोजक श्री भवानी नेपालले पिटि अन्लाईनलाई बताए ।



यस्तै जापानबाट पनि खनारका सचिन नेपालले १० हजार सहयोग गरेका छन्।
दुबईबाट: अन्तर्राष्ट्रिय नेपाली समाज INS युएई कार्यसमिति परिवारको नेतृत्वमा रकम संकलन हुदैँ अहिलेसम्म ३० हजार रूपैयाँ संकलन भैसकेको छ।
यस्तै ओमन र कोरियाबाट पनि नाम नखुलाउने सर्तमा सहयोग रकम संकलन हुँदै आएको छ।
यस्तैगरी भारतमा: रत्नराज पुन मगरको नेतृत्वमा सहयोग रकम संकलन सुरु भएको छ ।
