नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ स्थित ग्रामसेवा माविमा एकदिने नि:शुल्क आयुर्वेद तथा चिकित्सा शिविर सम्पन्न भएको छ। म्यागङ गाउँपालिका प्रमुख आशा तामाङले उद्घाटन गरेको उक्त शिविरमा ३०९ जनाले स्वास्थ जाँच गराएर सम्पन्न भएको हो।

उक्त उद्घाटन कार्यक्रममा म्यागङ प्रमुख आशा तामाङका साथै वडा नं -६ का अध्यक्ष हरिकुमार तामाङ, नेपाली कांग्रेसका युवा नेता दलबहादुर तामाङ लगायत स्वास्थकर्मी र बुद्धिजिविहरुको उपस्थिति रहेको थियो।

उत्साहजनक जनउपस्थितका बिच सम्पन्न उक्त शिविरबाट महिला २१२ जना र पुरुष ९७ जनाले उक्त शिविरको लाभ लिएको जिल्ला वैद्य निरीक्षक नारायण वस्तीले नुवाकोट जागरणलाई बताए ।
यस्ता कार्यक्रमहरु जनचाहना बमोजिम म्यागङका हरेक वडाहरुमा संचालन गरिने नागरिक आरोग्य केन्द्रका प्रमुख गोविन्द धामीले बताए ।
