नुवाकोट /
जिल्लाको विदुर नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ। निर्वाचनमा गठबन्धन दलका उम्मेद्धवारलाई भारी मतले पराजित गर्दै एमालेको प्यानल नै विजयी भएको हो ।
विजयी हुनेहरुमा बिन्दा तिमल्सिना, सबु मिजार, साबित्री राई, इन्दिरा मिजार र राधिका तामाङ रहेका छन् ।


यस्तै विजयी हुने अन्यमा दिपक कुमाल, सिताराम मिजार र शिववहादुर विश्वकर्मा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यससँगै विदुर नगर कार्यपालिकमा नेकपा एमालेको बहुमत पुगेको छ । नगर कार्यपालिकाको २३ सदस्यीय कार्यसमितिमा एमालेको १३ र गठबन्धनमा रहेका कांग्रेसको ६ र माओवादी केन्द्रको ४ सहित १० सिट रहेको छ ।
