• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    आफ्नै बलबुतामा प्रधानमन्त्री बनेर देखाउन केपि ओलिलाई प्रचण्डको चुनौती


    २०७९ जेठ १४, शनिबार

    २०७९ जेठ १४, शनिबार

    काठमाडौं /
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

    सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै प्रचण्डले आगामी निर्वाचनमा एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन्।

    दुईपटक प्रधानमन्त्री बनेका ओली एक्लै बहुमत ल्याएर नबनेको पनि प्रचण्डले स्मरण गराए।

    ‘माओवादी केन्द्रकै सहयोगमा तपाई (ओली) प्रधानमन्त्री हुनुभएको हो। एक्लै प्रधानमन्त्री भएको हुँ भन्ने ठान्नुभएको छ भने भ्रम हटाइदिनुस्। तपाइ एक्लै प्रधानमन्त्री हुनुभएकै छैन,’ उनले भने, ‘पहिलो चोटी पनि तपाइको भाषामा वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो। दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो। अब प्रधानमन्त्री भएर देखाउनुस् मानिन्छ। अबको चुनाववाट प्रधानमन्त्री भएर देखाउनुस्। अनि एमालेको प्रधानमन्त्री मानिएला।’

     

    मिल्दो जुल्दो खबर