सुनें तिम्रो जिवनमा एकजना गयो अर्कोजना आयो
म नजिक तिम्रो बारे यस्तै किसिमको सुचना आयो।

धेरैपछि के छ भनी हालखबर सोध्यौ चकित भएँ
भनिदेउ न आज कसरी, फेरि मेरो सम्झना आयो ?

उजाडिएको थियोे प्रेमबाग हाम्रो, शंकाको हुरिले
पात झरेको रुखमा पालुवा हाल्ने सम्भावना आयो ।

भँवराकाे चुम्बनले हो या,फुल झरेको हो आयु पुगेर
बतास चलेकै बेला पर्यो ,बतासलाइ लान्छना आयो।

दिल टुटेको थियो सोचेथें धेरैको सान्त्वना आउला
तर सान्त्वना को बदलामा, हार्दिक समवेदना आयो।

दिपा वाग्ले
सुनसरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय