नुवाकोट /
काठमाडौं महानगरपालिका -१६ अन्तर्गत वनस्थली चोक नजिकै सवारी दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।शनिबार दिउँसो करिब ३ बजेतिर बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोट पञ्चकन्याका एक युवाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ स्थायी बस्ने वर्ष २० का युवा रहेका छन। बा ४ ख ५७३९ नम्बरको बसले सोही दिशातर्फ गुडिरहेको बा ५७ प ३४४४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा त्यसमा सवार युवक सख्त घाइते भएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x