नुवाकोट/
जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना शनिवार बिहान सकिएको हो।

अन्तिम मत परिणाम अनुसार १३ हजार २ सय मत ल्याएर नेकपा (माओवादी केन्द्र) का जगतबहादुर गुरुङ मेयरमा विजयी भएका हुन्। गुरुङका नजिकका प्रतिस्पर्धी नेकपा (एमाले) का राजेन्द्ररमण खनालले ६ हजार ७ सय ४९ मत पाएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका शिवप्रसाद दाहाल विजयी भएका छन्। १० हजार  ७ सय ६६ मत ल्याएर दाहाल उपमेयरमा विजयी भएका हुन्। उनको नजिकका प्रतिस्पर्धी नेकपा (एमाले) की रुपा सापकोटाले ७ हजार २ सय ७४ मत पाएकी छिन्।

नगरपालिकाको १३ वटा वडामध्ये ४ वटा वडामा नेकपा (एमाले), ७ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नेकपा (एमाले) बाट वडा नम्बर १ मा सन्तबहादुर घले, वडा नम्बर ६ मा अम्बिका तामाङ, वडा नम्बर  ८ मा सुरेस चित्रकार र वडा नम्बर १२ मा डिल्लीराम सिलवाल विजयी भएका हुन्।

त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर २ मा रामचन्द्र तिमिल्सिना, वडा नम्बर ५ मा मदन भुजेल, वडा नम्बर ७ मा भूवनेश्वर नेपाल, वडा नम्बर ९ मा दुर्गाप्रसाद गजुरेल, वडा नम्बर १० मा प्रल्हाद थपलिया, वडा नम्बर ११ मा प्रकाशजङ पाण्डे र वडा नम्बर १३ मा नवराज पाण्डे विजयी भएका हुन्।

नेकपा (माओवादी केन्द्र) बाट वडा नम्बर ३ मा कौशिला पुडासैनी र वडा नम्बर ४ मा चन्द्रबहादुर तामाङ विजयी भएका हुन्।

बेलकोटगढी नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) र उपमेयरमा नेपाली कांग्रेस रहने गरी गठबन्धन भएता पनि वडा तहमा मित्रवत् प्रतिस्पर्धा भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय