नुवाकोट/
जिल्लाको विदुर नगरपालिका -११ मा एमालेको सम्पुर्ण प्यानल विजयी भएको छ ।शुक्रबार विहान सम्पन्न भएको मतगणनामा गठबन्धन दलका साझा उम्मेद्धवारहरुलाई पराजित गर्दै एमालेका वावुराम तामाङको प्यानल विजयी भएको हो ।

वडाध्यक्षमा विजयी भएका तामाङले ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्रवहादुर प्याकुरेलले ७ सय ४२ मत प्राप्त गरेका छन् ।लामा प्याकुरेलविचको मतान्तर २ सय १४ मत रहेको छ।

यस्तै दलित महिला सदस्यमा एमालेकी कमला मिजार, महिला सदस्यमा बिन्दा तिम्सिना विजयी भएका छन् ।

मिजारले ९ सय ३३ र तिम्सिनाले ९ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा रेवती प्रसाद चालिसे र नमराज तामाङ विजयी भएका छन् ।चालिसेले ८ सय ८४ र तामाङले ९ सय ४ मत प्राप्त गरे।

विदुर ११ गेर्खुमा २६८५ मतदाता रहेकोमा १८ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x