भर्याङ भुरुङ/
धादिङको नेत्रावती डवजोङमा नेपाली कांग्रेसले जित निकालेको छ। अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा कांग्रेसले जितेको छ ।वडा नम्बर ४ मा एमालेले जितिएर क्लिनस्वीप हुनबाट जोगाए भने माओवादीले वडा समेत जित्न सकेन ।

अध्यक्षमा मेघनाथ रिजालले २ हजार ५४२ मत प्राप्त गरे विजयी भएका छन भने उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका नेतृ उर्मिला तामाङले १६८३ मत ल्याईन ।

यस्तै उप प्रमुखमा कांग्रेसबाटै सिता गुरुङले २ हजार ७८६ मत ल्याउँदै विजयी भईन भने उनको निकटम प्रतिद्वन्दी एमाललेका बिना कुमारी मम्मा तामाङले १६३३ मत ल्याईन ।

टिकट वितरणमा चित्त नबुझे पछि टेकजंग लामाले उम्मेदवारी फिर्ता नगर्दा अफ्ठ्यारोमा परेको नेत्रावती डब्जोङ कांग्रेसको समस्या जिल्ला सभापति रामनाथ अधिकारी आफै गएर हल गरेपछि निर्वाचनको २ दिन अघि मात्रै टेकजंग लामाले पार्टीको आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

विजेता वडा अध्यक्षहरुमा:

नेत्रावती -१ ठाकुर गुरुङ, कांग्रेस
नेत्रावती -२ मिनबहादुर तामाङ, कांग्रेस
नेत्रावती -३ मा सुरेश गुरुङ, कांग्रेस
नेत्रावती -४ मा तिल बहादुर गुरुङ, एमाले
नेत्रावती -५ मा हरि अधिकारी, कांग्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x