काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को निर्वाचन परिणामबारे खसी बाजी राख्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ बाट उनिहरुलाई पक्राउ गरिएको खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ घर भएका रमेश खड्का र विजय फुयाल छन् ।उनीहरुले खसी बाजी राखेको कागज सामाजिक संजालमा भाइरल भएको छ ।

बालेन साह महानगर प्रमुख निर्वाचित भएमा रमेशले २८ केजीको खसी विजयलाई दिने कागजमा उल्लेख गरिएको छ ।शाहले हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागजमा उल्लेख छ ।बाजी राख्नु गैरकानुनी हुने हुनाले उनीहरुमाथि ‘सट्टेबाजी’ ऐन अनुसार अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x