म्यागङ -५ मा नेपाली कांग्रेसका जितबहादुर तामाङको प्यानल विजयी

समाचार

नुवाकोट /
जिल्लाको म्यागङ -५ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका जितबहादुर तामाङको सम्पुर्ण प्यानल ६५१ मत सहित विजयी भएको हो।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सोमबहादुर तामाङले ३७५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार रामकुमार खड्काले ३०० मत प्राप्त गरेका छन।

यस्तैगरी पालिका अध्यक्षमा नेपाली कांग्रेसका आशा तामाङले २२९९ मतका साथ अग्रता हासिल गरेका छन।

त्यस्तै, माओवादी केन्द्रका सुकसागरले २१९९ मतका साथ पछ्याइरहेका छन् भने एमालेका मेघनाथ तामाङले १८१० मत प्राप्त गरेका छन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *