
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)-मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ ।परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ ।यात्रा सूर्योदयपछि मात्र निस्कनु होला ।यात्राबाट तपाईलाई फाइदा हुनसक्छ ।यात्राअघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)-वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ ।यस्तो अवस्थामा तपाईको सकारात्मक हुन जरुरी छ ।आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ ।कुनै देवालयको दर्शन गर्नुहोला। अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)-परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् ।त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ ।आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ ।चन्द्रमाको साथ छ। त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)=कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला ।आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।बाल र बृद्धलाई भोजन दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)-आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।आज तपाईमा उत्साह बढ्नेछ ।दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ ।सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ ।विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)-तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ ।स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ ।साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।शिवालय यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)-आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला ।कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)-आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।तपाईलाई विवादबाट हानी मात्र हुनेछ ।आर्थिक व्यय हुने संभावना छ ।आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)-आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ ।त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला ।सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)-देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ ।विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ ।सकारात्मक सोच राखेर काम गर्नुहोला ।तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ ।आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)-आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ ।दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ ।साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ ।शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)-आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ ।गृहस्थ कर्ममा समय विताउनु होला ।सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला। नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला ।विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ ।देवालयको यात्रा फलदायी हुनेछ ।