काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको हो ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । ‘जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।                             

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय