नुवाकोट /
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सदस्यको लागि नुवाकोट जिल्लामा यो समाचार तयार पार्दासम्म २३१ जनाले मनोनयन दर्ता गरेका छन्।

निर्वाचन आयोगको मनोनयन दर्ताको संख्यात्मक विवरण अनुसार अहिलेसम्म दुई नगरपालिकाको प्रमुखमा ७ जना र १० गाउँपालिकाको अध्यक्षमा १० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, नगरपालिका र गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षमा ६/६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाभरका ८८ वडाको वडाध्यक्ष पदमा ६३ जनाले उम्मेदवारी दिएका छन् ।महिला सदस्यमा ३९, दलित महिला सदस्यमा १५ र सदस्यमा ८५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनले नुवाकोटको १२ स्थानिय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य दुई खुला सदस्य गरी ४६४ जना स्थानीय तह सदस्य चयन गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x