नुवाकोट /
अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाको म्यागङ गाउँपालिका प्रमुख र उपप्रमुख सहितमा जसपाले आफ्नो उम्मेदवार चयन गरेको छ। गठबन्धनको साथ छोडेर एक्लै निर्वाचनमा होमिएको जसपाले म्यागङ प्रमुखमा मानसिङ तामाङ र उपप्रमुखमा पैकुमायालाई आफ्नो दलको उम्मेदवार बनाएको हो।

त्यसैगरी जसपा म्यागङले वडा नं ३ मा आईसिंङ तामाङ, वडा नं ५ मा दिनेश तामाङ र वडा नं ६ मा छिरिङ तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ भने बाँकी वडाको नाम भोलि सार्वजनिक गरिने जसपा म्यागङ इञ्चार्ज राजन बमले नुवाकोट जागरणलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x