नुवाकोट ।
नुवाकोटमा आज बसेको गठबन्धनको बैठकले तत्काललाइ तिन वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

गठबन्धनको बैठकले नुवाकोटको बिदुर नगरपालिका र बेलकोटनगरपालिका र तारकेश्वर गाउपालिकाका सन्दर्भमा निर्णय गरेको हो । बैठकले बिदुरको मेयरमा नेपालि कांग्रेस र उपमेयरमा नेकपा माओबादी लडने निर्णय गरेको छ । बिदुरमा रहेको १३ वटा वडामा ९ वटा कांग्रेसलाइ , ३ वटा माओबादी केन्द्र र १ वटा नेकपा समाजवादी एस लाइ वडा अध्यक्ष लडने गरि बाडिएको छ ।यसैगरी बेलकोटगढी नगरपालिकाको मेयरमा नेकपा माओबादीबाट र उपमेयरमा नेपालि कांग्रेसबाट उम्मेदवार उठ्ने सहमति भएको छ । बेलकोटको १३ वडामा नेपालि कांग्रेसलाइ ६ , नेकपा माओबादीलाइ ५ र समाजवादीलाइ २ वडाको वडा अध्यक्ष लडने गरि बाडफाड गरिएको छ ।

आजको बैठकले तारकेश्वर गाउपालिकाको उम्मेदवार कुन पार्टीबाट लडने निर्णय भएको छ । तारकेश्वरको प्रमुख नेपालि कांग्रेस र उप प्रमुख नेकपा माओबादीलाइ दिइएको छ भने वडा अध्यक्ष मा नेपालि कांग्रेसलाइ ४ र नेकपा माओबादीले २ वटामा लडने गरि बाडफाड गरिएको छ । कुन पदमा को लडने र कुन वडा कसलाई भन्ने पूर्ण निर्णय आइसकेको छैन ।                                                       

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x