नुवाकोट /
जिल्लामा स्थानिय तह निर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले गठबन्धनको विषयमा कुनैपनि सहमति दिन नसक्दा सम्मनजनक स्थान गुम्ने देखिएपछि जनता समाजवादी पार्टि एक्लै जाने मनसायमा रहेको बुझिएको छ।

शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय विदुरमा वसेको सत्तारुढ दलको बैठकले कुनैपनि विषयमा निर्णय लिन नसकेको बैठकमा सहभागी भएका एक नेताले नुवाकोट जागरणलाई जानकारी दिए।बैठकमा गठबन्धन दलका प्रतिनिधिहरुले आफ्नो पालिकाको वस्तस्थितिबारे जानकारी गराएका थिए।

उक्त बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महत, उप–सभापति राजु थापा, जनता समाजवादी पार्टी नेपालका तर्फबाट जिल्ला अध्यक्ष ईश्वरकुमार राउत, केन्द्रिय परिषद सदस्य राजन बम, नेकपा माओवादीका नेताहरु हिरानाथ खतिवडा, पुष्प लामिछाने र नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपाली, पदक उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय