नुवाकोट /
पछिल्लो २४ घण्टामा विभिन्न १७ जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

यस्तै २० वटा पशु चौपाया क्षति भएका छन्। देशभरिमा भएका आगलागीका घटनाबाट अनुमानित २ करोड १५ लाख ८३ हजार ५०० रुपैंया बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

सार्वजनिक विवरण अनुसार सप्तरीको बोदेबरसाईन नगरपालिका १० अमरैया टोलका एक जनाको मृत्यु भएको हो।

आगलागीमा परेर रौतहटको गौर नगरपालिका ४ गढवा टोलका एक जना र पर्सा वीरगंज महानगरपालिका ९ रानीघाटका ४ जना घाईते भएका छन्। यही अवधिमा ५ जिल्लाका जंगलमा पनि आगलागी भएका छन्।

खोटाङको खोटेहाङ गाउँपालिका ४ स्थित ठूलापाखा सामुदायिक वन, भक्तपुर सूर्यविनायक नगरपालिका ९ को बन्देश्वरी सामुदायिक वन, ललितपुरको प्युटारस्थित सामुदायिक वन, बाग्लुङको रामरेखा सामुदायिक वन, दाङको गढवा स्थित सालझण्डी सामुदायिक वन र रोल्पाको लुङ्ग्री स्थित प्रतिगुञ्जरी सामुदायिक वनमा डढेलो लागेको हो।

यस वर्षको वैशाख १ गते देखि ३ गतेसम्ममा आगलागीमा परी २१ घरपरिवार प्रभावित बनेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x