काठमाडौं /
एक महिनाको बीचमा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ ।गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी बजारमा अहिले कागतीको प्रतिकिलो मूल्य कम्तीमा ३२० देखि ३५० रुपैयाँसम्म रहेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर देखिएको श्रेष्ठले बताए ।

‘अहिले कागतीको आयात नै एकदमै कम छ, नेपाली उत्पादन बजारमा खासै आउँदैन,’ श्रेष्ठले भने ‘माग उच्च भएका कारण भारतबाट भित्रिएको कागतीको मूल्य महँगो भएको छ ।’

नेपालमा निकै कम मात्रामा कागती फल्ने र फलेको कागती पनि ठूला बजारसम्म नआइपुग्ने भएकाले कागतीमा काठमाडौं जस्तो ठूलो सहर भारतमै परनिर्भर रहेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय