नुवाकोट /
साहित्य संगम नुवाकोटको आयोजनामा स्रस्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। हिजो नयाँवर्षको दिन जिल्लाको सदरमुकाममा आयोजित एक भव्य समारोहमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

रामहरी रिमालको “माउसुलिको पुच्छर” र रुपा थापाको “सिंगो जुनको प्रतीक्षा” लोकार्पण गरिएको छ। संस्थाले आफ्नो वार्षिकोत्सव मनाउँदै स्रस्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

प्रमुख अतिथी प्राध्यापक डा. मोहन तिमिल्सिनाले सम्मानित स्रस्टाहरुलाई दोसोल्ला ओढाई सम्मान गरेका हुन् ।सम्मानित हुनेले सम्मानपत्र र नगद पुरस्कार प्राप्त गरेका छन् ।

संस्थाले संगम पुरस्कार तथा संगम साहित्य सम्मानबाट विश्वनाथ सञ्जेल (मकवानपुर), सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मानबाट लक्ष्मीदत्त भट्ट (कंचनपुर), धनकुमारी रत्न पुरस्कार तथा संगम साहित्य सम्मानबाट लिला राना (नवलपुर), नव क्षितिज साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट ध्रुव तामाङ (नुवाकोट), सरस्वती/ऋषीराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मानबाट रत्न विरही घिमिरे (ललितपुर ), काशीनाथ गजुरेल स्मृति साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट केशव पुडासैनी (नुवाकोट) र भवानी अधिकारी स्मृती साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट टीका सुदिश निरौला (काठमाडौं) सम्मानित तथा पुरस्कृत भएका छन् ।

त्यस्तै गरि “संगम साहित्य सम्मान २०७८” बाट शिवकुमारी डंगोल (नुवाकोट), टुकादेवी पौडेल (तनहुँ), मिना श्रेष्ठ (सुनसरी), लिलि अधिकारी (कास्की),कृष्ण महरा (नुवाकोट), शान्ती सिग्देल (नुवाकोट), विमला कोइराला (नुवाकोट) ,राजु फुँयाल (नुवाकोट), रामचन्द्र तिम्सिना (नुवाकोट), रुद्र थापा (काठमाडौ), अम्बिका पौडेल नेपाल (नुवाकोट), सुनिता देवकोटा (कास्की) सम्मानित भएका छन।

त्यसैगरी, “संगम साहित्य सम्मान २०७९” बाट सम्मानित हुनेहरुमा इन्दिरा चापागाईं (भक्तपुर), गणेशबाबु अधिकारी (गोरखा), चेतनपथ भट्टराई (काठमाडौ), युद्वकवी केसि (नुवाकोट), शुशिला भट्ट (नुवाकोट), मिस शुशिला (नुवाकोट) सम्मानित भएका छन।

कार्यक्रममा संस्थाद्वारा प्रकाशित अर्धवार्षिक साहित्यिक पत्रिका सार्वजानिक गरिएको छ ।पत्रिकामा ३६ स्रस्टाहरुको सिर्जनात्मक कविता, गजल, मुक्तक लगायत संस्थाको गतिविधिहरु संग्रहित रहेको छ ।

०७५ सालमा स्थापित संस्थाले साहित्यिक कार्यक्रमको साथै स्रस्टाका सिर्जनाहरुलाई संग्रहित गर्दै पाठकमाझ ल्याउनुको साथै सामाजिक संजालमार्फत प्रत्यक्ष साहित्यिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय