
छेकुदोर्जे तामाङ, म्यागङ /
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका -४ किम्ताङमा ५० प्रतिशत अनुदानमा १ सय ७५ थान प्लास्टिक टनेल वितरण गरिएको छ। आज सोमबार तरकारी बाली पकेट विकास कार्यक्रम अन्तरगत ५०% अनुदानमा उक्त प्लाष्टिक टनेल वितरण गरिएको हो।
यस्ता कार्यक्रमले कृषि क्षेत्रमा लागेका किसानहरुमा हौसला र थप उर्जा मिल्ने वडा अध्यक्ष कमल तामाङले नुवाकोट जागरणलाई बताए ।