
गजल
देवता हौ तिमी यहाँ राम्रो काम गर्छौ भने
पत्थर वन्छौ वेअर्थ त्यसै आँखा तर्छौ भने।
जुन वन्छौ शीतल त्यो ज्ञानहरु लिन सके
रात बन्छ जिन्दगी रिस केवल भर्छौ भने।
सके सुन्दर फूल वन मन्दिर पुग्नलाई
के भनौ खै काेपिलामै जलनले झर्छौ भने।
सुन्दर सँसार अझै सुन्दर बनाई जाऊ
नमाने त गर्नु र के विषतिर सर्छौ भने।
भगवती खनाल (सुनाखरी)
नुवाकोट