नुवाकोट /
राजनीति संगै समाजसेवामा अग्रसर जनता समाजवादी पार्टीका युवा नेता डा• भिमलाल तामाङद्वारा बेलकोटगढिको विद्यालयमा कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् ।नेपालका असल मित्रहरु संस्थाको जि.एफ. एन. परोपकारी परियोजना २०७८/०७९ कार्यक्रम मार्फत बेलकोटगढी नगरपालिका वडा नं ९ स्थित श्री शिलासिता आधारभूत बिद्यालयको ६० जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो।

संस्थाले न्यानो कपडा (टयाकसुट), लेखन तथा खेलकुद सामग्री बितरण गर्नुको साथै श्री शिलासिता आधारभूत बिद्यालय र श्री निरन्जन उच्च माध्यमिक विद्यालयमा आध्यनरत ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा जसपा नेता राजन बम, केशव पुडासैनी, पैकु माया तामाङ, बिद्यालय प्रधानाध्यापक दिलमान सिंह लामा लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय