नुवाकोट /
जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफुलाई बैकल्पिक शक्तिको रूपमा स्थापित गर्दै लगेको छ। यसैक्रममा आज बिहीबार विदुर -१२ मा आयोजित वडा भेलामा एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि ६० जना भन्दा बढी नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।

जिल्ला सदस्य जगदीश रिमालद्वारा संचालन गरेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य तथा युवा नेता डा भिमलाल तामाङ प्रमुख अतिथि रहेको थियो। उक्त कार्यक्रमको अन्य अतिथिहरुमा राजन बम (संघीय परिषद सदस्य),दीपक विश्वकर्मा (दलित मुक्ति मोर्चा बाग्मती प्रदेश सह-इञ्चार्ज), ईश्वर कुमार राउत (जिल्ला अध्यक्ष),भगवान रानामगर (आदिवासी जनजाति महासंघ बागमती प्रदेश सदस्य यवम जिल्ला अध्यक्ष),मानसिंह तामाङ (जिल्ला कोषाध्यक्ष),शेरबहादुर विश्वकर्मा (जिल्ला सचिव),महिला नेतृ (पैकु माया तामाङ, लिलू माया तामाङ),अजित तामाङ (जिल्ला उपाध्यक्ष),केशव पुडासैनी (जिल्ला उपाध्यक्ष),राम सुर्खेती (विदुर नगरपालिका संयोजक),सभापति भीम तामाङ (विदुर १२ संयोजक )को उपस्थिति रहेको थियो।

साथै उक्त वडा भेलाले भिम तामाङको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x