
काठमाडौ /
प्रहरी प्रधान कार्यालयको गत पाँच वर्षको तथ्यांक अनुसार आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा ८० जना शिक्षक पक्राउ परेका छन्।
आर्थिक वर्ष २०७४/०७५ मा यस्ता बलात्कारका पाँच घटना प्रहरीकोमा दर्ता भएको थियो। ०७५/०७६ मा ११, ०७६/०७७ मा ४५, ०७७/०७८ मा १५ र यस आर्थिक वर्ष ०७८/०७९ को हालसम्म चार बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्।
यी बाहेक पनि बलात्कृत भएर न्यायका लागि उजुरी नदिएका र यौन दुर्व्यवहार भोगेका घटना धेरै हुने गरेको प्रहरीको भनाइ छ। कतिपय यस्ता घटना समाजमै मिलाइन्छ। जबरजस्ती करणीका कति घटना डरत्रास, धाकधम्की तथा आर्थिक प्रलोभनका कारण बाहिर नआएका अधिकारकर्मीहरु बताउँछन्।