नुवाकोट/
जनता समाजवादी नेता डा भिमलाल तामाङ र नेपालका असल मित्रहरु संस्थाको जि.एफ.एन. परोपकारी परियोजना २०७८/०७९ अन्तर्गत किस्पाङ गाउँपालिका वडा नं. ४ साल्मे स्थित २० जना एकल महिला दिदिबहिनीहरुलाई आय आर्जनको लागि बिउ स्वरुप प्रति व्यक्ति १/१ को दरले बाख्रा वितरण गरिएको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

साथै किस्पाङ स्थित श्री कालिका भूमे आधारभूत बिद्यालय, श्री कन्या आधारभूत बिद्यालयका सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ लेखन सामग्री, खेलकुद सामग्री र अन्य ३ वटा बिद्यालयहरु श्री साल्मे मा.बि., श्री हिमालयन रिभाइभल बिद्यालय, र श्री ऐेसेलु मा.बि. गरि ५ वटा विद्यालयहरुमा आध्यनरत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यसैगरी किस्पाङ ग.पा. ३ स्थित १० जना बृद्ध एकल महिलाहरुलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथसाथै जनहि रु.३०००/- का दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेता तामाङले उक्त कार्यक्रमलाइ सहयोग पुर्याउनु हुने समाजसेवी तथा युवा नेता श्री महेन्द्र मान तामाङ, समाजसेवी एबं जासपा नेता श्री धर्म गुरुङ, महिलानेतृ तथा समाजसेवी श्रीमती मिन माया तामाङ, समाजसेवी कलाकार श्री मिलन एस वाइवा, श्री सिंग बहादुर तामाङ, श्री अमरसिंह तामाङ, स्वयं सेवक भाइबहिनीहरु, दुवै बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष ज्युहरु, शिक्षक शिक्षिका ज्युहरु सम्पूर्णलाई हार्दिक धन्यवाद दिएका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय