सर्लाही /
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद शाहमाथि आक्रमण भएको छ ।सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।
आक्रमणबाट शाह घाइते भएको उनका आफन्त अनिल साहले बताए ।उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ ।गार्डको पेस्तोल पनि खोसिएको शाहले बताए।दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।