
नुवाकोट /
जिल्लाको तारकेश्वर -१ लर्केप-फलाटेमा १४५ घरधुरीलाई लिभिङ वाटरको खानेपानी योजना सम्पन्न भएको छ।लिभिङ वाटरको एक घर एक धारा अभियान अन्तर्गत उक्त योजना सम्पन्न भएको हो।
हिजो शुक्रबार प्रत्येक धाराहरुमा पानी खसालेर सम्पन्न भएको तारकेश्वर माओवादीका अध्यक्ष सोमबहादुर तामाङले बताए। साथै उहाँले लिभिङ वाटरका कार्यकारी निर्देशक विजय गुरुङ र नुवाकोटका संयोजक गणेश तामाङ तथा प्राविधिक इन्जिनियर ,जनप्रतिनिधि, राजनीतिक दल र उपभोक्ता समितीलाई धन्यवाद समेत दिए।
यसैगरी अध्यक्ष तामाङले यहि वर्ष लर्केप-सेलडाँडामा पनि यस्तै योजना अगाडी बढाएको बताए।