नुवाकोट /
जिल्लाको विदुर नगरपालिका वडा नं -९ को वडा अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता राम सुर्खेतीले उम्मेदवारी घोषणा गरेका छन।पहिलेका निर्वाचित जनप्रतिनिधिले उपेक्षा अनुरुप काम नगरेको कारण बिकास र समृद्धिका लागि युवा उम्मेदवार आवश्यक रहेको भन्दै नुवाकोट जागरणसंगको प्रत्यक्ष कुराकानीका क्रममा उम्मेदवारी दिने घोषणा गरेका हुन।
युवा नेता सुर्खेती विचारमा परिपक्क र कर्ममा बिश्वास राख्ने स्वच्छ छवि भएका युवा नेतामा परिचित छन् ।
उनी भन्छन्; दलित समुदायको हकहित र संरक्षणको लागि पनि आफ्नो उम्मेदवारी आवस्यक रहेको छ। उनी थप्छन; प्रमुख दल भनिएका कांग्रेस ,एमाले र माओवादीले आफ्नो वडामा खासै केही नगरेकोले वैकल्पिक शक्तिको रूपमा नुवाकोटमा उदाउँदै गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालको छाता चिन्हमा मतदान गर्न समेत अपिल गरेका छन्” ।