नुवाकोट/
बाँदरको हातमा पार्टी पुगेको भन्दै विदुर नगरपालिका वडा नम्बर -६ का निर्वाचित वडाध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। बट्टारमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा वडाध्यक्षमा सडौला समाजवादी प्रवेश गरेका हुन् ।

सडौला सहित एमालेका एकसयभन्दा बढी नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् ।वडाध्यक्ष सडौलाले बाँदरको हातमा पार्टी पुगेको र विधि र प्रक्रियामा पार्टी संचालन नभएकोले आफुहरु एकीकृत समाजवादी प्रवेश गरेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीप्रति इंगित गर्दे ओलीलाई, लभ यु बा, ओलीलाई पुँजा गर्न नसकेकोले आफुहरु ओलीको रोजाइमा पर्न नसक्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय