
नुवाकोट /
जनता समाजवादी पार्टी (जसपा) नेपाल लिखु गाउँपालिकाको पार्टी भेला यहि चैत्र १२ गते हुने भएको छ। उक्त कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ आउने भएको हो।
लिखु गाउँपालिकाको वडा नं -४ चौघडामा हुने उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य तथा पुर्व विद्यार्थी नेतृ मानुषी यमि लगायतका केन्द्रिय र प्रदेश स्तरिय नेताहरुको उपस्थित रहने जसपा नुवाकोटका जिल्ला अध्यक्ष ईश्वरकुमार रावतले नुवाकोट जागरणलाई बताएका छन् ।