
बुटवल /
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ‘पिर’ गित गायक प्रकाश सपुत आफूले नल्याएको बताएका छन् ।बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको ‘पिर’ गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।
उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् ।त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।
उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।