गोरखा /
जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिएको आरोपमा पूजा ढकाल पक्राउ परेकी छन् । खोप्लाङ गाविस- ४ का गाइने सार्कीको छोरी भनेर झुठा विवरण पेश गरी पूजा सार्कीको नामबाट नागरिकता लिएकी पोखरा महानगरपालिका ६ बैदामकी २८ वर्षीय ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले २०६७ साल मंसीर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पूजा ढकालको नाममा र २० दिनपछि २०६७ साल मंसीर २८ को मितिमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट पूजा गैरे सार्कीको नाममा नागरिकता लिएको खुलेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध बुधबार दोहोरो नागरिकतासम्बन्धी कसुरमा गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिइ थप अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर अधिकारीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय