नुवाकोट /
जिल्लाको वेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा यात्रुबहाक बस र मोटरसाइकल अनियन्त्रित भई एकापसमा ठोक्किदा २ जना घाइते भएका छन् ।काठमाडौँबाट त्रिशुली आउदै गरेको बा ५ ख ८२३४ नम्बरको यात्रुबहाक बस र विदुर नगरपालिका वडा नम्बर ३ सिरखालीबाट मुख्य सडकमा आउदै गरेको बागमती प्रदेश ०२–००२ प ८५५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

घाइतेहरुमा मोटरसाइकल चालक विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीका बालकृष्ण अधिकारी र मोटरसाइकलमा सवार वेलकोटगढी नगरपालिका वडा नम्बर ८ ठुलोखोला स्थित होटल आर्या सञ्चालन गर्दै आएका राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

घाइते मध्ये श्रेष्ठको अवस्था गम्भिर रहेको बताइएको छ ।घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार सम्भव नभएकोले हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बसका चालक सहित बस र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय