नुवाकोट /
नेपालका असल मित्रहरु संस्थाको जि.एफ.एन. परोपकारी परियोजना २०७८-०७९ अन्तर्गत बिदुर नगरपालिका -७ तुप्चे सँधिखर्कको श्री रत्न आधारभूत बिद्यालयका २७ जना बिद्यार्थीहरुलाई लेखन सामग्री, विद्यालय शैक्षिक सामग्री तथा त्यहाँ स्थित सम्पूर्ण विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यहि फागुन २३ गते जनता समाजवादी पार्टि (जसपा) नेपालका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरेका हुन।
यसैगरी नेपालका असल मित्रहरु संस्थाको जि.एफ.एन. परोपकारी परियोजना २०७७-०७८ अन्तर्गत तारकेश्वर गाउँपालिका -२ सिम्ले वगुवा स्थित श्री सिहद प्रशंसा आधारभूत बिद्यालयका २५ जान बिद्यार्थीहरुलाई लेखन सामग्री, विद्यालय शैक्षिक सामग्री, सम्पूर्ण विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनुका साथै २० जना महिला दिदिबहिनीहरुलाई आर्थिक आयस्रोतको लागि जनहि एक एक वटाको दरले बाख्रा समेत वितरण गरिएको छ ।
साथै तार्केश्वर -४ दर्शनटार स्थित श्री गौरेश्वर आधरभुत बिद्यालयको लागि पनि 53 जना विद्यार्थीहरुलाई लेखन सामग्री, ९ जनालाई जनही रु २५०० को दरले छात्रवृत्ति, खेलकुद सामग्री, शैक्षिक सामग्री white board, बिद्यालयको लागि खानेपानीको पाइप आदि बितरण गरिएको छ ।