
धादिङ /
जिल्लाको खनियाबास गाउँपालिकामा सब इन्जिनियर र असिस्टेन्ट कुटिएका छन् ।चालू आ.ब ०८७/७९ को स्वीकृत बजेट्बाट गाउपालिकाको विभिन्न वडामा संचालित आयोजनाहरु अनुगमन मुल्यान्कन तथा नापजाँच गर्न प्राबिधिक सहित अनुगमन समितिको टोलि गाउँपालिकाको ५ नं वडा सत्यदेबी हुँदै ४ नं वडा ३नं वडा २ नं वडा र अन्त्यमा १नं वडा पुगि सम्पन्न नाप जाँच गरि फर्किने क्रममा बेलुकी अन्दाजी ५:१५ बजे वडा नं १ को उंगुलमा उनिहरु कुटिएका हुन।
जोड खेलमैदान उपभोक्ता समितीको अध्यक्ष झ्याप्ले भनिने राजु तामाङ सचिब धनु तामाङ लगायत अन्य केही ब्यक्तिहरुद्वारा १ नं वडा कार्यलय अगाडि खनियाबास गाउँपालिकाको सब इन्जिनियर प्रबल तामाङ र असिस्टेन्ट सब इन्जिनियर श्रीसान तामाङ्लाइ अपशब्द र गालिगलौच गर्दै कुट्पिट समेत गरेको पालिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।