सामरी/
शाहकालिन इतिहास बोकेको २ सय वर्षभन्दा पुरानो एतिहासिक ढुंगेधारा बेहाल बन्दै गएको छ। नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं ५ सामरीमा अवस्थित ढुंगेधारा बढ्दो शहरीकरण र स्थानीय नेतृत्वको बेवास्ताको शिकार बनेको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

हजारौं लाखौं बटुवाको प्यास मेटाउने यो ढुंगेधारा अहिले आफै जिर्णोद्वारको पर्खाइमा गजधम्म बसेको छ। सडक बिस्तारका क्रममा कंक्रीटमा बदलिएको यो ढुंगेधाराले कुनैबेला सिंगो गाउँ र हजारौंहजार बटुवाको प्यास मेटाउँदै आएको थियो। १८ औं शताब्दीको शुरुआत तिर सामरी पौवाको आडैमा बनाइएको यो ढुंगेधारामा अहिले पानी आउँदैन।

भुकम्प पछिको पुनर्निर्माणमा पौवा उठ्दै गरेपनि अर्को एतिहासिक ढुंगेधारा भने ओझेलमा परेको छ। पुराना संरचना मासिए गाउँको इतिहास मासिनेछ। इतिहास नै नरहे हामीलाई कस्ले चिन्छ र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय